शरणार्थी प्रकरणमा दुलालका तर्फबाट अधिवक्ता भट्टराईले सुरु गरे बहस

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणको जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीहरुतर्फका वकिलहरूको बहस सुरु भएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंमा आरोपित केशव दुलालको तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका हुन् । प्रकरणमा केशव दुलाल र सानु भण्डारी मुख्य बिचौलिया हुन् । आरोपितहरुले आफ्नो बचाउका लागि दर्जनौँ अधिवक्ताहरुलाई तयार राखेका छन्।
दुलालको पक्षमा बहस सुरु भएसँगै अब आरोपितहरुले आफ्नो प्रतिरक्षा गर्ने चरण सुरु भएको छ। प्रतिवादीहरुले प्रतिरक्षा बहस सकेपछि मुद्दामा आदेश तयारी अदालतले गर्नेछ।
आइतबारदेखि मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलहरुले बहस सकेका थिए। त्यसपछि प्रतिवादीका वकिलहरुले प्रतिरक्षा बहस सुरु गरेका हु्न् ।
प्रतिवादीतर्फका वकिललाई बहसका लागि शनिबारबाहेक बुधबारदेखि आगामी मंगलबारसम्मको समय छुट्याइएको छ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने भनी लाखौँ ठगी गरेको अभियोगमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पीए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल र सानु भण्डारी लगायत छन् ।
अभियोग लागेका १२ जना अझै फरार छन्। नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनाविरुद्ध अदालतमा अभियोग दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा अभियोजन दायर गरेको छ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया