आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए

काठमाडौं । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए ।
उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए राति काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो ।
उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले बताए ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
प्रतिक्रिया