मंगलबार, माघ २०, २०८२

लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना पक्राउ

मेरोन्यूज २०८० जेठ २७ गते ९:३२

काठमाडौं । लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको बाँडेगाउँमा शुक्रवार गरिएको चेकिङका क्रममा मापसे गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, ललितपुरका २३ वर्षीय अमित कार्की, ललिपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र मोरङको विराटनगर घर भई हाल चावहिल बस्ने २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

प्रतिक्रिया