शनिबार, चैत १४, २०८२

एसिया कपका नेपाल, भारत र पाकिस्तान रहेको समूहका खेल श्रीलंकामा हुने सम्भावना

मेरोन्यूज २०८० जेठ २८ गते १२:०४

काठमाडौं । एसिया कपको नेपाल, भारत र पाकिस्तान रहेको समूहका खेल श्रीलंकामा हुने सम्भावना बढेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको नयाँ हाइब्रिड मोडेललाई एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले अनुमोदन गर्ने सम्भावना बढेपछि यो समूहका खेल श्रीलंकामा हुने सम्भावना बढेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रस्तावअनुसार भारत, नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ का खेल श्रीलंकामा खेलाउने र बाँकी खेल पाकिस्तानमै खेलाउने प्रस्ताव छ।

प्रतियोगिताका १३ खेलमध्ये चार वा सम्भवतः पाँच खेल श्रीलंकामा हुने प्रस्ताव छ। त्यसबाहेकका अरु खेल पाकिस्तानमा हुनेछन्।

भारत फाइनलमा पुगे फाइनल खेल पनि श्रीलंका हुनेछ।

क्रिकेटको चर्चित वेव पोर्टल क्रिक इन्फोले साता प्रतियोगिताबारे आधिकारिक घोषणा हुने जनाएको छ ।

एसिया कप सेप्टेम्बर १ देखि १७ सम्म खेलाउने समय तय भएको छ ।

नयाँ प्रस्ताव भारतले स्वीकार गरेको अवस्थामा एसिया कपसहित अन्य प्रतियोगिताको गतिरोध हट्ने छ। यसअघि पाकिस्तानले आफ्नो भूमीमा एसिया कप नभए प्रतियोगिता नखेल्ने र भारतमा हुने एकदिवसीय विश्वकप समेत नखेल्ने चेतावनी दिएको थियो।

भारतले प्रतियोगिताका लागि पाकिस्तान भ्रमण नगर्ने बताएसँगै विवाद सुरु भएको थियो।

नयाँ प्रस्तावले पाकिस्तानको विश्वकपका लागि भारत भ्रमणको बाटो सहज हुने सम्भावना छ ।

६ राष्ट्रको एसिया कपमा नेपालसँगै भारत र पाकिस्तानलाई समूह एमा छन्। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

एसिया कपमा १३ दिनमा फाइनल सहित कुल १३ खेल हुनेछ। प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर फोर राउन्डमा पुग्नेछन्, सुपर फोरबाट शीर्ष दुई टोली फाइनल पुग्नेछन्।

प्रतिक्रिया