उन्नति सहकार्य लघुवित्त सेयर बिक्रीमा
मेरोन्यूज
२०८० जेठ २८ गते १४:३८

काठमाडौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ३८ हजार बढी कित्ता सेयर आइतबारबाट बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान सेयरका साथै जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० भागले संख्यामा खरिद आवेदन दिन सकिनेछ।
इच्छुक लगानीकर्ताले आउँदो असार ३ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बुझाउनुपर्नेछ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया