शुक्रबार, चैत २०, २०८२

थाहा पाउनुहाेस् तरकारी र फलफूलको आजको बजार भाउ

मेरोन्यूज २०८० जेठ २९ गते १०:२९

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १६० रुपैयाँ,चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ,किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५०रुपैयाँ,रहु माछा ३१५,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया