पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छः अर्थमन्त्री

काठामाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट कठिन परिस्थितिमा आएको भन्दै विगतदेखिएको समस्या एकैपटक नसल्टिने बताएका छन् ।
सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले कोभिडको प्रभाव, रुस–युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको बजेटले समस्या समाधानका उपाय खोजिएको भन्दै एकैपटक सबै समस्या नसल्टिने बताएका हुन् । ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिएँ,’ उनले भने ।
बजेटमा विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओलीले दुई घन्टा समय टिप्पणीका लागि खर्च गर्नुले बजेटमा नयाँ कुरा पक्कै भएको पुष्टि हुने उनले बताए । ‘यसबाट पुष्टि हुन्छ, बजेटमा केही महत्त्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउन कोसिस गरेको छ’, उनले भने ।
बजेटले देशभित्र उत्पादन बढाउने, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ गम्भीरताका साथ हेरेको उनले बताए । आइटी क्षेत्र, स्टार्टअपका विषय यसतर्फ केन्द्रित रहेको उनको भनाइ छ । बाँझो जमिन उपयोग, सहकारी, कृषि, पर्यटन, साना उद्योगबाट रोजगारी सिर्जना गर्न सकिने गरी कार्यक्रम केन्द्रित गरिएको उनले बताए । बजेटमा आएका नाराहरू कार्यक्रमसँग सम्बन्धित रहेको बताए ।
आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको उनले बताए । महतले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताए । उनले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताए । सबै कुरा एसएस भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ थियो ।
‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं । एसएस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन,’ उनले भने । बजेटको आकार चालू वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेकोसमेत महतले बताए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया