अध्यक्ष तिमिल्सिना र सिपिसिसीका अध्यक्ष हु निङबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका तिमिल्सिना र हुनिङबीच मंगलबार दिउँसो ग्रेट हल अफ पिपुल्स बेइजिङमा भेटवार्ता भएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताउँदै भविष्यमा पनि नेपाल सो नीतिकै पक्षमा प्रतिबद्ध रहने बताए ।
नेपाली भूमिको दुरुपयोग गरी चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने नेपालको नीति र प्रतिबद्धतामा रहेको उनको भनाइ थियो । असल छिमेकी एवं विकासको साझेदारको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको उनले बताए ।
नेपालको पर्यटन क्षेत्रम चिनियाँ पर्यटकको दोस्रो ठूलो हिस्सा भएको र भविष्यमा सीधा उडानहरू सुरु गरेर यसलाई बढवा दिन अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका थिए ।
चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा विश्वस्त रहेको बताउँदै उनले पोखरामा चीनका विभिन्न सहरबाट सोझो उडान हुने विश्वास व्यक्त गरे ।









नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा
मधेशका सभामुख मण्डल पदमुक्त
बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- संसद पुनःस्थापनको कुरा गर्नु अराजकता
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया