बिहीबार, पुष १०, २०८२

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भएर फर्किए निवास

मेरोन्यूज २०८० जेठ ३१ गते ९:०४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएर राष्ट्रपति निवास फर्किएका छन् ।

हृदयाघात भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई बिहान ८ बजे डिस्चार्ज भएका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

‘‘स्वास्थ्य समान्य भएपछि उहाँ डिस्चार्ज हुनुभएको छ र निवासमा आउनु भएको छ’, सचिवालयले जनायो ।

मंगलबार गंगालाल हृदयरोग केन्द्रमा पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो।

प्रतिक्रिया