बुधबार, माघ २१, २०८२

शरणार्थी प्रकरण : आज ३ पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षले खाणको प्रतिरक्षा गर्ने

मेरोन्यूज २०८० जेठ ३१ गते ९:३५

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका पक्षमा तीन पूर्वमहान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका अध्यक्षले प्रतिरक्षा बहस गर्ने भएका छन् ।

मंगलबार पनि खाणको पक्षमा १० अधिवक्ताले प्रतिरक्षा बहस गरेका थिए । अज तीन पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र सुरेन्द्र महतोले खाणको पक्षमा बहस गर्ने खातीले जानकारी दिए । त्यस्तै आज खाणको पक्षमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालचन्द्र घिमिरेले पनि बहस गर्नेछन् ।

खाणको बचाउमा मंगलबार पूर्वमहान्यायाधिवक्ता महादेव यादव, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, बारका पूर्वअध्यक्ष हरिहर दाहाल, वरिष्ठ अधिवक्ताहरू नीरसिंहकुमार खत्री, मणिराम उपाध्याय, लक्ष्मी थापा, एगराज पोखरेल, पंकजकुमार कर्ण र अजयशंकर झाले बहस गरेका थिए।

बुधबार नै बाँकी ५ अभियुक्तका तर्फबाट बहस सक्ने र बिहीबार जवाफी बहस गरेर त्यसै दिन थुनछेक आदेश दिने तयारी न्यायाधीशले गरेका छन्।

प्रतिक्रिया