करिब साढे ५४ लाखको सुन सहित हेटौंडाबाट एक युवक पक्राउ
मेरोन्यूज
२०८० जेठ ३१ गते ११:५२

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब साढे ५४ लाख रुपैयाँको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब ३ बजे प्रहरी टोलीले ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित वीरगञ्जका २२ वर्षीय किसन साहलाई नियन्त्रणमा लिएको हो ।
हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार साहले जुत्ताको नोकभित्र उक्त सुन लुकाएर ल्याइरहेका थिए।
साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया