बुधबार, माघ २१, २०८२

कृष्ण पहाडीसहितका अधिकारकर्मी वानेश्वरबाट पक्राउ

मेरोन्यूज २०८० जेठ ३२ गते १३:४८

काठमाडौँ । नागरिक अगुवा कृष्ण पहाडीसहितका अधिकारकर्मीहरू संसद् भवन क्षेत्रस्थित पानीट्यांकी अगाडिको सडकमा प्रदर्शनको क्रममा पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा सलंग्‍नलाई कारबाहीको माग गर्ने गर्दै आन्दोलन गर्ने अधिकारकर्मीहरू पक्राउ परेका हुन् ।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले सार्वभौम संसद्ले‍ भ्रष्ट नेतालाई कारबाही गरोस, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही माग गरेका थिए।

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा भएको कार्यक्रमबाट पक्राउ परेकाहरुलाई बानेश्वर बृत्तमा राखिएको छ।

प्रतिक्रिया