नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी तर्फको थुनछेक बहस सकियो
मेरोन्यूज
२०८० जेठ ३२ गते १७:४२

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमाथि भइरहेको थुनछेक बहस आजदेखि सकिएको छ । प्रतिवादीका तर्फबाट गत २१ जेठबाट सुरु भएको थुनछेक बहस १२ औं दिनमा सकिएको हो ।
ठगी, कीर्ते, संगठित अपराध तथा राज्यविरुद्धको कसुरका मुद्दामा ३० जनालाई प्रतिवादी कायम गरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा मुद्दा दायर भएको थियो ।
दायर गरेको मुद्दामा प्रतिवादीहरूले बढी संख्यामा कानुन व्यवसायी राखेसँगै बहस लामो हुँदा धेरै दिन लागेको हो ।
आज प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएसँगै भोलि शुक्रबार खाजा समयअघिसम्म जवाफी बहस सकाउन इजलासले समय दिएको छ ।
झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबी गर्दै दायर भएको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुनुवाइ भएको थियो ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
प्रतिक्रिया