डलरकाे भाउ बढ्याे, आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ १९ पैसा र बिक्री दर १३१ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको छ।
डलरको खरिद दर १३ पैसा र बिक्रीदरमा १३ पैसाले डलरको भाउ आज बढेको छ । हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ६६ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४१ रूपैयाँ ६२ पैसा र बिक्री दर १४२ रूपैयाँ २७ पैसा रहेको थियो । युरो खरिद दर ६० पैसा र बिक्रीदरमा ४० पैसाले युरोको भाउ घटेको छ ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८८ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २ पैसा र बिक्री दर १६६ रूपैयाँ ७८ पैसामा काराेबार हुने बैंकले जनाएकाे छ ।
उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसामा काराेबार हुनेछ भने दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २३ पैसा र बिक्रीदर १० रूपैयाँ २८ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४९ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३५ रुपैयाँ १४ पैसा तोकिदिएको छ ।
















वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया