सोमबार, मंसिर १५, २०८२

नेपालले तेस्रो खेल हङकङसँग खेल्दै

मेरोन्यूज २०८० असार २ गते ६:५१

काठमाडौँ। आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ । 

एसीसी वुमन्स इमर्जिङ कपको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

सो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे मङककमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपाल पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा भने भारतसँग अंक बाँडेको थियो ।

पानी परेका कारण खेल हुन नसके पछि अंक बाँडेको नेपालसँग हालसम्म अंक १ रहेको छ ।

प्रतिक्रिया