न्याम्सको उपकुलपति बन्न ११ जना आकांक्षी

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि ११ जनाले आकांक्षा देखाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याम्सको उपकुलपति बन्न आकांक्षा देखाउँदै ११ जनाले आवेदन दिएको जानकारी दिएको छ ।
न्याम्सको उपकुलपतिका लागि न्याम्सका निमित्त उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेत, वीर अस्पतालका पूर्व निर्देशक डा. बुलन्द थापा, न्याम्सका पूर्व डिन डा. पियुष दाहाल, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा। सरोज शर्मा, कान्ति बाल अस्पतालका अजिल रायमाझीले आवेदन दिएका छन् ।
त्यस्तै, प्रसुती तथा स्त्री रोग अस्पतालका पूर्वनिर्देशक डा. अमिरबाबु श्रेष्ठ, डा. अनिल मिश्र, डा. दीपक थापा, डा. रेवती रमण मल्ल, डा. प्रवीण श्रेष्ठ र डा. दीर्घराज जोशीले आवेदन दिएका छन् ।
आवेदनसँगै विस्तृत कार्ययोजना, अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेस गर्नुपर्ने छ ।
प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए ।
कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेको थियो । कमिटीले आवेदन मध्येबाट तीन जनाको नाम न्याम्सका कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गर्नेछ ।
न्याम्सका कुलपति एवं प्रधानमन्त्री दाहालले तीनजना मध्येबाट एकजनालाई न्याम्सको उपकुलपति बनाउने छन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया