सोमबार, पुष ७, २०८२

कोशी, मधेश र गण्डकी प्रदेशमा भारी वर्षा हुने

मेरोन्यूज २०८० असार ६ गते ६:२६

काठमाडौँ । अहिले मुलुकभर पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले मुलुकभर आंशिक बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले पहिरो भूक्षय, गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया