हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया

हुम्ला । जिल्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशुल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
यस्तै, दुई सय ४४ जनाको आँखाको जाँच गरिएको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले जानकारी दिए ।
“हुम्लाको मध्य भागमा पर्ने सर्केगार्डमा सिमीकोटबाट दुई दिनको पैदल यात्रापश्चात् हाम्रो टोली यस स्थानमा पुगेको थियो । शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगार्डका आँखा बिरामीहरूले सेवा लिनुभएको छ”, उनले भने ।
सर्केगाडका ६८ वर्षीय स्थानीय बैरा फडेराले शल्यक्रियापश्चात् तीन वर्षदेखि गुमेको आँखाको ज्योति फर्किएकामा खुसी व्यक्त गरे ।
अर्का स्थानीय जमकला सार्की विगत दुई वर्षदेखि गुमेको आँखाको दृष्टि पुनः प्राप्त गरेपछि चिकित्सकप्रति आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठान र सर्केगार्ड गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित सो शिविरका लागि सेवा फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया