सोमबार, पुष ७, २०८२

वीर अस्पतालको सात सय बेड निःशुल्क उपलब्ध हुने

मेरोन्यूज २०८० असार ८ गते १४:४९

काठमाडौँ । वीर अस्पतालका सात सय जनरल बेड आजदेखि निःशुल्क उपलब्ध हुने भएको छ । अस्पतालले बिरामीलाई निःशुल्क रुपमा उक्त बेड उपलब्ध गराउने निर्णय गरिएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएसँगै उक्त घोषणा भएको हो । यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

बेड निःशुल्क हुँदा वार्षिक पाँच करोड रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ । अस्पतालका क्याबिन र आईसीयूमा निश्चित शुल्क लाग्ने छ ।

सरकारले बिहीबार उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत, रेक्टारमा डा. लोचन कार्की, रजिस्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया