दाेहाेराे अंकले बढ्याे सेयर बजार, ५ अर्बमाथिकाे काराेबार
मेरोन्यूज
२०८० असार ११ गते १५:२०

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्शे परिसूचक ४ दशमलव ७३ प्रतिशतले वृद्धि हुँदा २१२२ दशमलव ४६ को विन्दुमा कायम भएको हो ।
सोमबार १२३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । आज कुल ५ अर्ब ३१ करोडको कारोबार भएकाे छ ।
साेमबार सर्वाधिक कमाउनेमा हिमालयन लाइफको लगानीकर्ता रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ४६१ रुपैयाँ कायम भएको छ ।
यस्तै आज बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा यस कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर मूल्य १ हजार ६२ रुपैयाँ कायम भएको छ । साथै आज सिटि होटलको शेयर ९.९९ प्रतिशतले वृद्धि हुँदा प्रति शेयर मूल्य ३४७ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित















इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया