आगलागीमा परी इलाममा सात घर जलेर नष्ट
मेरोन्यूज
२०८० असार १२ गते १०:४३

इलाम । आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् ।
माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीमा परी सात घर नष्ट भएका हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानिय अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।
प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ गुजुम्ब रहेकाका कारण सात घर जल्न पुगेका हुन । सोमवार राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । यसरी घर जल्दा सो घरमा भएका अधिकांस समान पुर्ण रुपमा जलेर नष्ट भएका छन । आगलागीमा परी मानवीय क्षति भने हुन पाएन ।
विधुत सर्ट भई आगलागी भएको र आगलागीमा करिब ६० लाख रुपैयाँको भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया