सोमबार, पुष ७, २०८२

सरकारका नीति बाँच्न पाउनुपर्ने हकविरुद्ध भन्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूको प्रदर्शन

मेरोन्यूज २०८० असार १४ गते १२:१५

काठमाडौं । ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा आन्दोलन गरेका छन् ।

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै सार्वजनिक सवारी साधनका चालकहरूले कलंकी–बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी आफूहरूको सवारी साधनसहित प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनले सवारी आवागमन प्रभावित भएको प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायतका माग आफूहरूको सवारी साधनका अगाडि र पछाडि राखेका छन् ।

सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको उनीहरूले बताएका छन् ।

रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न प्रतिवन्ध गर्नुपर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्न गर्नुपर्ने, ट्राफिक प्रहरीको ज्याजती बन्द हुनुपर्ने लगायतका माग पनि उनीहरूको छ ।

राष्ट्रवादी यातायात व्यवसायी महासंघ इन्चार्ज भुवन संगमले स्वदेशी पुँजी र लगानीलाई राज्यले संरक्षण गर्नुपर्नेमा आजसम्म सौतेनी व्यवहार गर्दै आएको बताए ।

यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भन्ने आफूहरूको मुख्य काम भएको उनले बताए ।

प्रतिक्रिया