हेटौँडा अस्पताललाई ८८ लाख रुपैयाँको सामग्री हस्तान्तरण

काठमाडौँ । मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले ८८ लाख ६० हजार रुपैयाँ बराबरको मुटु रोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
जिल्लामा नै मुटु रोगसम्बन्धी उपचार गराउने उद्देश्यले क्लबले अस्पताललाई उक्त उपकरण खरिद गरी हस्तान्तरण गरेको हो ।
उपकरण उपलब्ध भएपछि मुटुसम्बन्धी रोगको उपचारका लागि अब जिल्ला बाहिर जानु नपर्ने प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए ।
क्लबले अस्पतालका लागि टिएमटी स्क्यान, इसिजी मेसिन, होल्टर सिस्टम मेसिनलगायत सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए ।
अस्पतालको सेवामा थप थप प्रभावकारी बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कृष्ण कार्कीले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायतको उपस्थिति थियो ।
















नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया