बुधबार, माघ २१, २०८२

माल्टा पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

मेरोन्यूज २०८० असार १५ गते १६:५१

काठमाडौँ । माल्टा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका ३ मदनपुर घर भई काठमाडौँ टोखा नगरपालिका ३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बु पक्राउ परेका छन् ।

लिम्बुले एक जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई पानीजहाजमा मासिक एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।

पीडितबाट पटकपटक गरी ६ लाख ३० हजार रूपैयाँ ठगी गरी सम्पर्क बिहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई कालोपुलबाट पक्राउ गरेको हो ।
 
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया