ट्राफिक प्रहरीको चेकिङमा ४ जना पक्राउ

भक्तपुर । भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागमती प्रदेश ०१–००६ ख १८ ०२ नम्बरको टिप्पर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ का ३२ वर्षीय जीवन तामाङ, बा२१च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा११च ३९४० नम्बरको कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३–०१–०२३ च १४ १२ नम्बरको पिकअप चालक काठमाडौं महानगरपालिका–३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् ।
नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले २५ वटा सवारीसाधनका चालकलाई चेक गर्दा ४ जना लागूपदार्थ सेवन गरी सवारीसाधन चलाएको अवस्थामा फेला परेका थिए ।
लागूपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउनुका साथै सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।
















साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया