एसीसी यू १६ इस्ट जोन कपको उपाधिमा नेपालको ह्याट्रिक
मेरोन्यूज
२०८० असार १९ गते ११:४१

काठमाडौँ । नरेन भट्टको शानदार शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू १६ इस्ट जोन कपको उपाधिमा ह्याट्रिक गरेको छ ।
मलेसियामा सम्पन्न खेलमा नेपालले २२२ रनको विशाल जितसहित उपाधि उचालेको हो । घरेलु टोलीलाई नेपालले २५३ रनको लक्ष्य दिएको थियो ।
मलेसिया १४.५ ओभरमा ३१ रन मात्रै जोड्दै अलआउट भएको हो । नेपालका लागि अभिशेख तिवारीले ५ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले जम्मा ७ रन मात्रै दिए ।
यस्तै, सन्तोष यादवले ३ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन दिएर १ विकेट लिए । अशोक धामीले १ विकेट लिए ।
नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । यस्तै निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए ।
यसअघि एसीसी यू १६ इस्टर्न रिजनको उपाधि नेपालले २०१७ र २०१९ मा लगातार जितेको थियो ।
सम्बन्धित
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया