नेपालविरुद्ध आयरल्यान्डलाई दोस्रो सफलता, भुर्तेल र मल्ल आउट

काठमाडौँ । नेपालविरुद्ध भइरहेको खेलमा आयरल्याण्डले दोस्रो सफलता हात पारेको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भइरहेका प्लेअफ चरणको खेलमा नेपालले दुई विकेट गुमाएको छ ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आठ रन बनाएर आउट भए । उनको विकेट क्रेग योङले लिए । भुर्तेल आउट भएपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् । मल्ल १३ बलमा ७ रन बनाएर आउट भए । अहिले क्रिजमा रोहित पौडेल आएका छन् ।
टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले आयरल्यान्डसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।
नवौँ र १०औँ वरीयताका लागि आगामी बिहीबार अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बीच खेल हुनेछ । खेलमा विजयी हुने टोलीले नवौँ वरीयता प्राप्त गर्नेछ । पराजित हुने टोलीले १०औँ वरीयता पाउने छ ।















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया