शनिबार, वैशाख ५, २०८३

प्रियंकाले सासुलाई भनिन्- तपाईंकाे न्यानो अंगालो र चुम्बनलाई चिन्दछु

मेरोन्यूज २०८० असार १९ गते १६:११

काठमाडाैं । नायिका प्रियंका कार्कीले सासुको वैवाहिक जीवनका लागि असाध्यै खुसी भएकाे बताएकी छन् । मंगलबार सासु रबिना देशराज श्रेष्ठसंगकाे तस्बिर सेयर गर्दै प्रियंकाले बैंकमा मेन्टरदेखि सुरू भएकाे आफुहरूकाे सम्बन्ध प्रेमिकासम्म बन्न पुगेकाे बताइन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सासुलाई रमान्थाका रूपमा सम्बाेधन गर्दै उनले लेखेकी छन्, तपाईसँग सुरूमा एक मेन्टरको रूपमा भेट भयो । (मेगा बैंकमार्फत भेट्यौं), त्यसपछि मेरो प्रेमीकी आमा (असाध्यै कूल) र त्यसपछि मेरी सासु र मेरी प्रेमिकाको रूपमा चिन्नु साच्चिँकै सुन्दर यात्रा हो ।

उनी लेख्छिन्, ‘तपाइसँग बिताएका पछिल्ला वर्षहरूबाट म ढुक्कसँग भन्न सक्छु कि, म तपाँइको सुन्दर आत्मालाई चिन्छु, तपाइँको अनमोल हृदयले निस्वार्थ माया दिन्छ, तपाइँको मायालु स्वभाव र न्यानो अंगालो र चुम्बनहरू चिन्दछु।’

‘तपाईंले यो सुन्दर अध्याय सुरु गर्दा, भगवानलाई थाहा छ म कति खुसी छु, कति खुसीको आँसु बगाएकी छु ।’ प्रियंकाले लेखेकी छन्, ‘तपाईंले आफू योग्य वर पाउनुभएको छ, उहाँले तपाईं खुसी बनाएको, तपाईंका दिनहरू उजिल्याएको देखेकी छु ।’

‘म तपाईंका खुसीका दिन हेर्न, सबै साहसिक कार्यहरू सुन्न, सुन्दर तस्बिरहरू हेर्न र यो अति सुन्दर सम्बन्धको जादु महसुस गर्न प्रतीक्षा गर्न सक्दिन ।’

अन्तिममा उनले लेखेकी छन्, ‘ओह मम्सी, मेराे हृदय असाध्यै खुसी छ । र म पनि । म तपाईंलाई असाध्यै माया गर्छु ।’

प्रतिक्रिया