प्रधानमन्त्रीले बाह्रै महिना सञ्चालन गर्ने बताएको दुई सातामा काठमाडौंमा मेलम्चीको पानी बन्द

काठमाडौँ । मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी बन्द गरिएको छ । कम्तीमा दुई महिना पानी वितरण पूर्णरूपमा बन्द गरिने आयोजनाले जनाएको छ ।
वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरेर उपत्यकामा पानी वितरण बन्द गरिएको हो ।
मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले २६ किमि सुरुङको सुरक्षालाईसमेत ध्यानमा राखेर गत सातादेखि नै आगामी भदौसम्मका लागि पानी बन्द गरिएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत २ गते मेलम्ची मुहान पुगेर पानी बाह्रै महिना सञ्चालन गर्न सबै उपाय अपनाउने घोषणा गरेका थिए ।
उनले यस्तो घोषणा गरेको दुई सातामा पानी बन्द भएको छ ।
दैनिक १७ करोड लिटर पानी पठाउँदा जम्मा हुने बालुवाले सुरुङलाई असर गर्ने समस्याका देखिएको आयोजनाले जनाएको छ । खानेपानी मन्त्रालयसँगको समन्वयमा भएको छलफलमा जोखिम मोलेर पानी सञ्चालन नगर्ने निर्णय भएकाले बन्द गरिएको जानकारी श्रेष्ठले दिए । उनले सुरुङ जोगाउन पनि पानी बन्द गरेको बताए ।
आयोजनाले दुई महिना बन्द हुने भने पनि वर्षा भइरहेमा पानी वितरण थप समय हुन नसक्ने प्राविधिक बताउँछन् ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया