एलओडीका सञ्चालक रुदिलबल्लभ श्रेष्ठ कुपन्डोलबाट पक्राउ

काठमाडौँ । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका फरार अर्का सञ्चालक रुदिलबल्लभ श्रेष्ठ पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरको टोलीले श्रेष्ठलाई शुक्रबार बिहान कुपन्डोलबाट पक्राउ गरेको हो।
नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर बसेका श्रेष्ठलाई बिहान पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रिम शाहले जानकारी दिए ।
ललितपुर प्रहरी परिसरले एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाललाई पनि बिहीबार अपरान्ह बालुवाटारबाट पक्राउ गरेको थियो ।
प्रहरीले श्रेष्ठ र सुवालविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो ।
पक्राउ परेका दुवैजनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइँदैछ। उनीहरुलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने छ।
क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन्।
नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन। तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको थियो।
जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप छ। घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन्।
कोइरालालाई प्रहरीले यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया