बुधबार, माघ २१, २०८२

काठमाडौँमा सुनको सिक्री लुट्ने गिरोहका चार जना पक्राउ

मेरोन्यूज २०८० असार २४ गते १५:३४

काठमाडौँ । काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

पछिल्लो एक महिनायता विशेष गरी मोर्निङ वाकमा निस्किने महिलाहरुको घाँटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए ।

‘बिहानीपख विशेषतः मोर्निङ वाकमा निक्लिने महिलाहरुको सुनको सिक्रीहरु लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु ग¥र्यौ,’ उनले भने, ‘यो अनुसन्धानलाई अगाडि बढायौँ, यसमा गु्रप नै संलग्न रहेको पाइयो, यसमा चार जनालाई पक्राउ गरियो, बाइकहरुको प्रयोग गरेर उनीहरुले लुटेका हुन ।’

लुटपाट कार्यमा मोटरसाइकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाइकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाइल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको खोजी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।

प्रतिक्रिया