बिहीबार, माघ २२, २०८२

साढे ६ लाख रुपैयाँ लुटेको आरोपमा वीरेन्द्रनगरका वडाध्यक्ष पक्राउ

मेरोन्यूज २०८० असार २४ गते १७:३३

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । उपभोक्ता समितिको रकम लुटेको आरोपमा विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा वडाध्यक्ष विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेका थिए ।

उक्त उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले उक्त रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया