मृग ठानेर साथीले हानेको बन्दुक लागेर प्रधानको मृत्यु

भोजपुर । नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ ।’
मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो । (रासस)
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया