झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जना पक्राउ
मेरोन्यूज
२०८० असार २५ गते १८:२२

काठमाडौं । झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ ।
चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए ।
प्रशासनले गरेको स्थलगत सर्जमिनमा भुवनसिंह चेतनको बाबु नभएको खुलेपछि उनीहरू दुवै जना पक्राउ परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सूर्योदय वडा ५ ले पनि भुवनसिंह चेतनको बुबा नभएको फेला परेकाले आवश्यक छानबिनका लागि सीमा प्रशासनलाई आग्रह गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।
सम्बन्धित
















साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया