बुधबार, माघ २१, २०८२

ललिता निवास प्रकरणमा कीर्ते कागजात बनाउने पूर्वउपसचिव श्रेष्ठ पक्राउ

मेरोन्यूज २०८० असार २६ गते १९:५६

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आज साँझ पक्राउ गरेको हो ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले प्रधानमन्त्री निवास विस्तारका नाममा अघि सारिएको प्रस्तावमा कीर्ते कागजात तयार पारेका थिए ।

उनले तयार पारेको कीर्ते कागजातमा नक्कली मोहीलाई जग्गा सट्टा भर्ना दिने सम्बन्धी फाइलमा हस्ताक्षर गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो ।

जग्गा सट्टा भर्नासम्बन्धी प्रस्तावमा करिब २५ रोपनीको आधा नक्कली मोहीलाई दिने निर्णय भएको थियो ।

प्रतिक्रिया