सीताको निधनमा भारतीय प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। ट्विटरमार्फत मोदीले दुःख व्यक्त गरेका हुन्।
‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु।’
सीताको बुधबार बिहान ८ः३३ मा नर्भिक अस्पतालमा मृत्यु भएको हो।
उनको पार्थिव शरीर नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय खुमलटारमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केही बेरमा पशुपतिनाथस्थित आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको छ।
श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।
— Narendra Modi (@narendramodi) July 12, 2023
ॐ शान्ति।















नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया