सिरहामा प्रहरी जवानलाई नै हात बाँधेर यातना
मेरोन्यूज
२०८० असार २७ गते १४:१९

सिरहा । सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतका अनुसार इन्सपेक्टर हेमन्त राईले प्रहरी जवानको हात बाँधेर यातना दिएका हुन्। बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक राईले यातना दिएको पीडित प्रहरीले बताएका छन् ।
भिडियोमा प्रहरी आचरण विपरीत काम गरेको र रक्सी पिएको भन्दै जवानलाई गाली गरेको सुनिन्छ। जवानले भने आफूले रक्सी नपिएको बताउँछन् ।
उक्त भिडियो बाहिरिएपछि यसमाथि छानबिन भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया