अब बैँकहरूले आफैले ब्याजदर निर्धारण गर्न पाउने

काठमाडौं । अब कमर्सियल बैंकले आफैले ब्याजदर निर्धारण गर्न पाउने भएका छन् । नेपाल बैंकर्स एसोसिएसनले बैंकहरूले आ–आफ्नै आवश्यकता अनुसार ब्याजदर तोक्न पाउने निर्णय गरेको हो ।
बिहीबार बिहान बसेको संघको बैठकले अवस्था सहज आएको भन्दै बैँकले आफ्नै वयाजदर निर्धारण गर्न पाउने निर्णय गरेको हो ।
बैंकिङ प्रणालीमा ४ खर्बभन्दा धेरै कर्जा लगानी योग्य पुँजी थुप्रिएको छ । धेरै बैंकहरूले साउनमा निक्षेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन्।
‘अहिले तरलता सहज अवस्था पनि छ, बैंकहरू आफैँले ब्याजदरको निर्णय गर्दा अस्वस्थ प्रतिस्पर्धा भएर निक्षेप सन्तुलनमा समस्या पर्ने देखिदैन,’ संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘बजारले पनि यही चाहेको थियो।’
बैंकर्स संघले केही वर्षदेखि आपसी सहमतिमा ब्याजदर निर्धारण गर्दै आइरहेका थिए। बैंकर्सहरूले ब्याजदर निर्धारण गर्दा अहिले पनि राष्ट्र बैंकले दिएको सीमा भने परिपालना गर्नुपर्ने अवस्था छ।
बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा अघिल्लो महिनाको सबै निक्षेपको औसत ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्रै घटबढ गर्न सक्ने व्यवस्था छ।
असारको लागि वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया