काँकडभिट्टाबाट काठमाडौं आइरहेको बस दासढुंगामा दुर्घटना, १९ घाइते

चितवन । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा दुर्घटना भएको छ ।
दुर्घटननामा १९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस बिहान ५ः२० बजे आफैं अनियन्त्रित भएर पल्टिँएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको पण्डितले बताए ।
बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ। बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएका हुन् ।
डिएसपी पण्डितले सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया