लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन् । बैंकहरुले आज (असार २९ गते) देखि एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।
दुबै बैंकहरुले आजदेखि एकआपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंक’ को नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । दुबै बैंकबीच १ः१ अनुपातमा मर्जरमा जाने सहमति भएको छ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । यी दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने वाणिज्य बैंकलाई सुविधा तथा छुट प्रदान जनाएको छ ।लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको चुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ ।
मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनेको छ। लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन हुने छन् ।
यस्तै, सञ्चालकहरु डा।मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडसहित इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन्
दुबै बैंकहरुले एकीकृत कारोबार थालनी गरेसँगै देशभरी २८४ शाखा कार्यालय र ३ हजार भन्दा बढी बैंक कर्मचारी मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने छन् ।
















एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया