गायिका मिलन नेवारको ‘एक कदम’मा स्मारिका र प्राञ्जल (भिडियो)
काठमाडौं । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको एक कदम बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द, संगीतकार येदिन गजमेरको संगीत रहेको सार्वजनिक गीतमा गायक अनुप र गायिका मिलन गज्जबसँग खुलेका छन् ।
विगत २ दशकदेखि गीतको संगीतको क्षेत्रमा सक्रिय गायक अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको एक कदममा पछिल्लो समयकी चर्चित मोडल स्मारिका ढकाल र मोडल प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ ।
एक कदम एक रोमान्टिक प्रेमी जोडीको सफल कथा भएको र भिडियोले प्रेमी प्रेमिका चोखो मायामा डुब्दा कुन हदसम्म जान सक्छन् भनेर देखाउन खोजीएको छ । गहिरो प्रेममा डुबेको यो जोडीको रोमान्टिक कथालाई भिडियोमा निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा देखाएका छन् ।
रुपम सिंह गुरुङको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन मान कृष्ण मर्हजनले गरेका हुन् भने भिडियोको सम्पादन बान्दे प्रसादले गरेका हुन् । भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन् भने गीतको रेकडिङ गुञ्जन रेकडिङ स्टुडियो अनामनगष्रमा भएको हो । प्रकाश न्यौपानले निर्माण गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया