बिहीबार, माघ २२, २०८२

खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०८० साउन १ गते १७:०३

काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ स्थित चेक प्वाइन्टबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर ११ बस्ने २१ वर्षीय रोशन कुमार पासवान पक्राउ परेका छन् ।

प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र.०२–००१ ख ५५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा पासवानले लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया