चितवन निकुञ्जमा एक वर्षमा २२ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए । सो घटनाका अभियुक्त पक्राउ परेको उनले जानकारी दिए ।
तिवारीका अनुसार आव २०७५।७६ मा प्राकृति कारणले ४३ गैँडा मरेका थिए । त्यसयताको वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ । गत वर्ष यो सङ्ख्या तुलनात्मकरूपमा घटेको हो ।
आव २०७६।७७ मा २६, २०७७।७८ मा ३९ र २०७८।७९ मा ३५ गैँडा प्राकृतिक कारणले मरेका छन् । यस आवमा २०७२र०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् । त्यस वर्ष १४ वटा गैँडा मरेका थिए । आव २०७३।०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् । विगतका वर्षमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षमा यो सङ्ख्यामा कमी आएको छ । आव २०७३।७४ मा एउटा, २०७७।७८ मा चार वटा र २०७८।७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका थिए । सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ गैँडा मरेका थिए ।
प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकआपसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन् ।
तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मृत्यु घटेको अनुमान गरिएको बताए ।
प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो । सो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताए ।
















पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
More than 250 people killed after separatist attacks in Pakistan: official
साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया