बिहीबार, माघ २२, २०८२

दुबई लैजान लागेको १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ

मेरोन्यूज २०८० साउन २ गते १४:२४

काठमाडौँ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमद पक्राउ परेका छन् ।

उनलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको एक सय दरको सय थानमा रहेको अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया