चुनावमा अन्तरघात गर्नेविरुद्ध कांग्रेसमा २१ सय उजुरी

काठमाडौँ । नेपाली कांग्रेसमा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ । निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध विभिन्न ४६ जिल्लाबाट सो परिणाममा उजुरी परेको कांग्रेसले जनाएको छ ।
कांग्रेसको आज देखि जारी कांग्रेसको केन्द्रीय समितिमा सो बारेमा जानकारी नेताहरुलाई गराईएको छ । केन्द्रीय कार्यालयले निर्वाचनमा पार्टी हित विपरीत कार्य गर्नेविरुद्ध उजुरी आह्वान गरेकोमा ४६ जिल्लाबाट २ हजार १ सय नेताविरुद्ध उजुरी परेको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले जानकारी गराएका छन् ।
ढुंगानाले पेश गरेको त्यससम्वनधी प्रतिवेदनमा कांग्रेसको केन्द्रीय समिति बैठकमा आज देखि छलफल हुँदैछ । कांग्रेसको विधानमा पार्टी हितविपरीत गर्नेलाई कारबाही गर्ने व्यवस्था छ । हामीले विधानसम्मत काम अघि बढाएका छौं । तर त्यसबारे छानबिन भइसकेको छैन,’ उनले भने, ‘अब केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यही हुन्छ ।’
















वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया