बिहीबार, माघ २२, २०८२

देशभर ६ जनाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

मेरोन्यूज २०८० साउन २ गते १७:५१

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ४२ केशव सुकुमनी आफ्नै घरमा मृत फेला परेका छन् ।

यस्तै, कैलाली जानकी गाउँपालिका ६ धर्मपुर बस्ने ३५ वर्षीय पतिराम चौधरी पनि आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरी जलेश्वर नगरपालिका ३ खैराचोकस्थित चौरमा जलेश्वर नगरपालिका ६ साउजीपट्टी बस्ने ४० वर्षीय राम श्रेष्ठ मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, सिरहाको लहान नगरपालिका १० गुदीगाउँस्थित राजदेवी मन्दिर जाने बाटो छेउमा लहान नगरपालिका १४ बस्तीपुर बस्ने उदयपुर नेपालचार गाउँपालिका ६ घर भएका ६८ वर्षीय गंगा बहादुर नेपाली मृत फेला परेका छन् ।

यस्तै, बाजुराको बुढीनन्दा नगरपालिका ७ खड्काबाडा घर भई बुढीनन्दा नगरपालिका २ कोल्टिस्थित सोही नगरपालिकाको कृषि शाखा प्रमुखको रुपमा कार्यरत ५५ वर्षीय जयलाल दानी आफ्नै कार्यालयको निवासमा मृत फेला परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगर १३ गोठदमार सल्लाघारीस्थित जंगलमा हाल अज्ञात व्यक्तिको शव सडिसकेको अवस्थामा फेला परेको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया