लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक

काठमाडौं । नेपालका पशुमा आक्रमक रूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो।
मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिँदै नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
यस्तै खोरेत रोग उन्मुलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री डा भुसालले बताए। त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ।
भारतले गाई र च्याङ्ग्रााको नश्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । गाईको गिर र साइवाल गाईको उन्नत जात नेपाललाई दिने भारतीय पशुपक्षीमन्त्री रुपालाले प्रतिबद्धता जनाएको जनाइएको छ।
सीमावर्ती नाकाबाट गैरकानूनीरूपमा पशुपक्षी र माछा आयात, निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन्।
















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया