अनुदानको ४४ क्वीण्टल रसायनिक मल लुकाउने सहकारीका अध्यक्ष पक्राउ
मेरोन्यूज
२०८० साउन ६ गते १४:५०

काठमाडौँ । अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
एक साताअघि कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीण्टल डिएपी र १४ क्वीण्टल युरिया खरिद गरी ससुराली लगेका थिए ।
किनेको मल उनले सोही गाउँपालिका ६ स्थित आफ्नै ससुरा बनारसी यादवको घरका पुर्याएका हुन् । ससुरालीको घरमा लगेको मल बढी पैसा लिएर बिक्री गरेको कृषकहरूले कुरा थाहा पाएका थिए ।
अध्यक्ष यादवले मल बेच्नुअघि प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद गरेको थियो । बाँकी ३२ बोरा मल बिक्री गरेका थिए ।
सम्बन्धित
















पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
संसद्मा प्रधानमन्त्रीको पहिलो सम्बोधन- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ
प्रतिक्रिया