कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बाँडफाँड
मेरोन्यूज
२०८० साउन ७ गते १२:०५

काठमाडौैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइतबार बिहान क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँड गरेको जनाएको छ ।
बिक्री प्रबन्धकका अनुसार आईपिओआ कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको छ । जस मध्ये १० लाख ४७ हजार ३ सय ५ को आवेदन मात्र योग्य रहेको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १० हजार १ सय १५ जनाले शेयर पाएका छन् । जस मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो ।
सम्बन्धित
















उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया