विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
मेरोन्यूज
२०८० साउन ७ गते १९:२१
काठमाडौँ । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् ।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
सम्बन्धित
















पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
संसद्मा प्रधानमन्त्रीको पहिलो सम्बोधन- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ
प्रतिक्रिया